नियम
आयोगको बैठक र निर्णय

(१) आयोगको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) प्रमुख सूचना आयुक्तको निर्देशनमा सचिवले आयोगको बैठकको मिति, समय र
छलफलको विषय सूची सूचना आयुक्तलाई उपलब्ध गराउनेछ ।
(३) प्रमुख सूचना आयुक्त र कम्तीमा एक जना सूचना आयुक्त वा दुई जना सूचना
आयुक्त उपस्थित भएमा आयोगको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ । यसरी
बसेको बैठकमा कुनै निर्णय उपर राय बाझिएमा अनुपस्थित प्रमुख सूचना आयुक्त वा सूचना
आयुक्त समेत उपस्थित भएको अर्को बैठकमा पुन पेश गर्नु पर्नेछ ।
(४) आयोगको बैठकको अध्यक्षता प्रमुख सूचना आयुक्तले गर्नेछ । प्रमुख सूचना
आयुक्तको अनुपस्थितिमा उपस्थित सूचना आयुक्तहरु मध्ये वरिष्ठ सूचना आयुक्तले बैठकको
अध्यक्षता गर्नेछ र त्यसरी बैठकको अध्यक्षता गर्ने सूचना आयुक्तले प्रमुख सूचना आयुक्तको
अधिकार प्रयोग गर्न सक्नेछ ।
(५) बहुमत सूचना आयुक्तहरुको राय आयोगको निर्णय मानिनेछ ।
(६) आयोगको निर्णय सचिवले प्रमाणित गरी राख्नेछ ।
(७) आयोगको बैठक सम्बन्धी अन्य कार्यविधि आयोग आफैले निर्धारण गरे बमोजिम
हुनेछ ।